शिक्षक फोरमको प्रदेश अध्यक्षमा यादव चयन
खबर पालिका
२०८० जेठ २५ गते ८:२५

रौतहट, जेठ २५
संघीय शिक्षक फोरम नेपालको मधेश प्रदेश अध्यक्षमा कामेश्वर प्रसाद यादव चयन भएका छन् । शिक्षक फोरम रौतहटको जिल्ला अध्यक्षमा लामो समयदेखि रहेका यादव मधेश प्रदेश अध्यक्षमा चयन भएका हुन् ।
मधेश प्रदेशको अध्यक्षमा रौतहटका यादव चयन भएपछि चारैतिरबाट खुसियाली प्रकट भइरहेको छ । धेरैले सामाजिक संजालमार्फत यादवलाई बधाई दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =