सर्पको टोकाइबाट सर्लाहीमा एक बालकको मृत्यु
खबर पालिका
२०८० जेठ ३० गते ७:००

रौतहट, जेठ २९
सर्लाहीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्लाहीको वागमती नगरपालिका १२ बथानेका कुमार विकको ४ बर्षिय छोरा सालिन विकको सर्पको टोकाइका कारण मृत्यु भएको हो ।
आइतवार राति सानी आमा कल्पना विकसंग सुतिरहेको अवस्थामा ११ बजेतिर बालक एक्कासि रुन थालेपछि सर्पले टोकेको आशंकामा उपचारको लागि लालबन्दी १ स्थित नवलपुर लगिएको थियो । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पु¥याइए पनि बालकको मृत्यु भएको परिवारजनले बताएको छ ।
उपचार केन्द्रमा ल्याइ पु¥याउनुभन्दा पहिले नै बालकको मृत्यु भइसकेको सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बताएका छन् । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको इन्चार्ज यादवको भनाइ छ ।
मृतक बालकको बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले टोकेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ । (नागरिक न्युजबाट)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =