आइटी आर्मीले बुझायो ज्ञापनपत्र
खबर पालिका
२०८० जेठ ३२ गते २२:४५

गरुडा
रौतहटको गरुडा नगरपालिकामा आइटी आर्मीले ज्ञापनपत्र बुझाएको छ । तीन सूत्रीय मुख्य माग राखी आइटी आर्मीको नगर समितिले बुधवार गरुडा नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
नगरपालिकाले शुल्क कर नीति लागू गरी जनताबाट उठाउने प्रत्येक कर माफ गर्नुपर्ने, नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महसुल माफ हुनुपर्ने र नगरपालिकामा भइरहेको सम्पूर्ण भागबन्डा बन्द गर्नुपर्ने मुख्य माग राखी आइटी आर्मीले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा उठाइएका मागहरुप्रति वेवास्ता गरिएमा चरणबद्ध आन्दोलनको चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =