विवादका बिच गरुडा र परोहा नगरपालिको बजेट प्रस्तुत
खबर पालिका
२०८० असार १० गते २३:११

रौतहट, असार १०
रौतहटको दुई नगरपालिकामा विवादका बिच बजेट प्रस्तुत भएको छ । रौतहटको गरुडा र गौर नगरपालिको आगामि आर्थिक वर्षको लागि विवादको बिच पनि नगर प्रमुखले बजेट पेश गरेका छन् ।
गरुडा नगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका राज्यमन्त्री शेख अब्बुल कलाम आजादले नगरको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । राज्यमन्त्री आजादले विकासको लागि पक्ष र विपक्ष नभनी सबैले सहयोग गर्नुपर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् ।
नगर प्रमुख कन्थमनि प्रसाद कलवारको अध्यक्षतामा कलवार धर्मशाला गरुडामा भएको नगर सभामा नगर प्रमुख कलवारले आगामी आर्थिक वर्षको लागि ५५ करोड १६ लाख ३० हजार रुपैयाको अनुमानित आय व्यय प्रस्तुत गरेका छन् ।
आगामी वर्षको लागि नगर सभा चलिरहँदा उपप्रमुख पुनमकुमारी चौधरीले बहिस्कार गर्दै विपक्षमा नाराबाजी गरेकी थिइन् । उपप्रमुख चौधरीको पक्षधरहरुले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै प्रदर्शनसहित केही बेर गरुडामा चक्का जाम पनि गरेका थिए ।
नगर प्रमुख कलवारले भने नगर सभाका बहुमत सदस्यको नगर सभामा सहभागिता जनाएको बताएका छन् ।
यसै गरी परोहा नगरपालिका नगर प्रमुख शेख वकिलले नगर सभा सम्पन्न गरेका छन् । केही विपक्षीले विरोध गरे पनि नगर प्रमुख, उपप्रमुख, बहुमत वडाध्यक्ष तथा नगर सभा सदस्यहरुको उपस्थितिमा नगरपालिकाको कार्यालयमा रहेको सभाहलमा नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख शेख वकिलले केही विरोधीहरुले बाहिर विरोध गरे पनि नगर सभा सदस्यहरुबिच कुनै विवाद नभई शान्तिपूर्ण रुपमा करिब सबै नगर सभा सदस्यको उपस्थितिमा कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको बताएका छन् ।
लौकाहास्थित नगरपालिका कार्यालयमा नगरसभा चलिरहँदा विपक्षीहरुले कार्यालयअगाडि विभिन्न नारा लगाउँदै प्रदर्शन पनि गरेका थिए । (नागरिक अनलाइनबाट)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =