मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओमा आवेदन बन्द हुँदै
असोज १८,
मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन बन्द गरेको छ ।
१४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित दाङ र रोल्पाका स्थानीयले नकिनेको सेयर समेत थप गरी सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो ।
कम्पनीको आईपीओमा १७ असोजसम्म मात्रै आवेदन दिने म्याद भए पनि १६ असोज साँझसम्म करिब ८५ लाख कित्ता सेयरको लागि मात्रै आवेदन परेपछि १७ असोजमा सूचना प्रकाशित गर्दै २८ असोजसम्म म्याद थप गरेको थियो ।
साभार अनलाईन खबर
Facebook Comment