कटहरियामा एकीकृत सेवाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
असोज २१,
रौतहट
रौतहटको कटहरियामा एकीकृत सेवा केन्द्र स्थापनाको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ । रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित साँसद तथा आम जनता पार्टी (आपजा)का राष्ट्रिय अध्यक्ष प्रभु साहको नेतृत्वमा कटहरिया नगरपालिकाको सर्वदलीय प्रतिनिधि मन्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख सियाराम कुशवाहा तथा पूर्व प्रदेश साँसद कुन्दन कुशवाहासहित दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Facebook Comment