स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी, बार्सिलोना ग्रानडासँग बराबरीमा रोकियो
खबर पालिका
२०८० असोज २२ गते १५:३६

असोज २२,

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै एथ्लेटिको मड्रिड चौथो स्थानमा उक्लिएको छ । उसले १९ अङ्क जोडेको छ । रियल सोसिडाड भने १५ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ । यी दुईले २–२ गोलको बराबरी खेलेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बार्सिलोनाका लामिन यमलले गोल गरे । यस्तै, ८५औँ मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनाको हार टारेका थिए ।

बार्सिलोना २१ अङ्क जोडेर तेस्रो स्थानमा छ । शीर्षस्थानको रियल मड्रिडको २४ अङ्क छ । ग्रानडा १९औँ स्थानमा छ । यस्तै, सेल्टा डि भिगो र गेटाफेले २–२ गोलको बराबरी खेलेका छन् भने लस पालमसले भिल्लारियललाई २–१ ले हराएको छ । त्यसैगरी अल्भास र रियल बेटिसले एक –एक गोलको बराबरी खेलेका छन् ।

साभार उज्यालो




Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =