रौतहटको गेडहीगुठीमा फल्यो साढे पाँच किलोको सखरखण्ड
खबरपालिका, रौतहट
माघ २८÷रौतहटको गरुडा नगरपालिका २ का एक साधारण किसानले लगाएको सख्खरखण्डमा साढे पाँच किलोको फलेको छ । गरुडा २ पुर्नी गेडहीका करिब ८० वर्षीय किसान पुलिस साह कानुले आफ्नो घडेरीमा रोपेको सख्खरखण्डमा एउटा सख्खरखण्ड साढे पाँच किलोको फलेको देखिएको छ ।
घडेरीमा रोपेको सख्खरखण्ड खन्ने क्रममा कल्पना गरिएको भन्दा धेरै ठूलो फलेको पाएपछि आफूहरु आश्चर्यचकित भएको साहको भनाइ छ । करिब असी वर्षको उमेरसम्म कतै यति ठूलो सख्खरखण्ड फलेको आफूले नसुनेको र नदेखेको अवस्थामा आफ्नै घडेरीमा साढे पाँच किलोको सख्खरखण्ड फलेपछि आश्चर्य लागेको उनी बताउँछन् ।
झन्डै फर्सीको आकारको जस्तो देखिने ठूलो सख्खरखण्डलाई जोखेर हेर्दा साढे पाँच किलो तौलको भएको बताउँदै किसान पुलिस साह कानु भन्छन् – गाउँलेहरुले पनि सबैले प्रशंसा गरेका छन् ।
यत्ति ठूलो सख्खरखण्ड फले पनि कतैबाट कुनै किसिमको सहयोग नभएको साहको गुनासो छ । अति विशाल सख्खरखण्ड फलेको कारण आफूले कतैबाट सहयोग पाउनु पर्ने वा पुरस्कृत हुनुपर्ने उनी बताउँछन् । नमुना काम हुन गएकोले कतैबाट सहयोगको अपेक्षा किसान साहले राखेका छन् ।
गरुडा नगरपालिकाको कार्यालयले आफूलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने चाहना किसान साहको रहेको छ ।
Facebook Comment