रौतहटका शिक्षालयहरू एक हप्ताको लागि बन्द
खबर पालिका
२०७९ फागुन १९ गते २०:३५

रौतहट- फाल्गुन १९,

होली पर्व आउनै लाग्दा विद्यालयहरु बन्द गरिएका छन् । रौतहटका अधिकांश विद्यालयहरु शुक्रवार होली मनाएर विदा गरेका छन् ।
यसपटक होली तिन दिन मनाइने भएको छ ।


सोमवारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका छन् ।
सोमवार पहाडे समुदायको होली पर्ने भएको र मंगलवार मधेशी समुदायको होली पर्ने भनिए तापनि मंगलवार ग्रामीण समुदायले होली नमान्ने चलन रहेकोले बुधवार होली मनाइँदै छ । बुधवार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा परेको र सोही दिन तराईमा होली मनाइने भएको हुनाले शुक्रबारदेखि शिक्षालयहरु संचालन आउने भएका छन् ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा शुक्रबार नै होली मनाएर तथा भोज भतेर गरेर विहीवारसम्मको लागि बिदा दिइएको छ । केही संस्थागत विद्यालयले पनि विदा दिएका छन् भने केही संस्थागत विद्यालयले आइतवार होली मिलन समारोह गरेर बिदा दिने भएको बताइएको छ ।
होली विदा हुँदाको दिन विद्यालय तथा क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुले होलीको रमाइलो गरेका छन् । एक अर्कालाई अबिर दलेर होलीको गीतमा झुम्मिएर रमाइलो गरेका हुन् ।
शिक्षालयहरु बन्द भएसँगै बजारमा होलीको सामग्री किनबेच सुरु भएको छ । केही दिनदेखि सुस्त रहेको बजारमा होलीको पर्वसँगै चहलपहल बढेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =