निर्वाचनको प्रचार अवधि १३ दिन मात्रै
खबर पलिका
२०७८ फागुन ४ गते ८:२१

रौतहट ४ फागुन, । अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा प्रचार अवधि १३ दिन मात्रै रहेको छ ।निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता भई दावी विरोध लगायत कार्य वैशाख १५ गते उम्मेदवारीहरुको अन्तिम नामावली सार्वजानिक हुने छ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि १३ दिन मात्रै चुनावी प्रचारको अवधि सुरु हुन्छ । यस्तै, चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुँदा उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउने निर्वाचन आयोगले तय गरेको कार्यतालिमा उल्लेख गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =