भन्सार छलीको चावल सहित व्यक्ति पक्राउ
खबर पालिका
२०७८ फागुन १२ गते १०:३८

रौतहट /

राजस्व छलेर नेपाल भित्रयाएको चामल बोकेको पिकअप भ्यान सहित एक जना लाइ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सरकारी राजस्व छलेको चामल बोकेको गाडी सहित गौर नगरपालिका वडा नं. ७ का ३९ वर्षीय चन्दन पाण्डेलाई पक्राउ गरिएको हो ।मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडीबाट प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअप गाडीमा लोड गरी ल्याउदै गरेको भन्सार छलीको स्टिम कतरनी चामल १५० बोरा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको डिएसपी सुनिल मल्लले बताए ।बरामद गरिएको चामल र पिकअप भ्यान करिव १५ लाख बराबरको मुल्याँकन गर्दै पक्राउ परेका व्यक्ति सहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाएको प्रबक्ता मल्लले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =