१९७५ अंकमा झर्यो सेयर बजार, सबै सूचकमा गिरावट
फाल्गुन २८,
सेयर बजारको परिसूचक नेप्से आइतबार १९७५ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २६.८ अंकले घटेर १९७५ अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कुल २६ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ६ को स्थिर रहृयो ।
सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बीमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११९, अन्य ८ र ब्यापार उपसमूह २४ अंक घटे । शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ४ र नाडेप लघुवित्तको ३ प्रतिशत बढ्यो ।
हिमालयन बैंकको मूल्य ६.३ प्रतिशत घट्यो । नेपाल इन्स्योरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, लुम्बिनी जनरल इन्स्योरेन्स, निफ्रा र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।
Facebook Comment