डिएलएस मेथडका आधारमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
चैत्र २,
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत अन्तिम खेलमा खराव मौसमले पुरा खेल हुन नसकेपछि नेपाल यूएईलाई डिएलएस मेथडका आधारमा ९ रनले हराउँदै विश्वकप क्रिकेटको छनौट चरणमा पुग्न सफल भएको हो । ४४ ओभरमा खराव मौसमले खेल हुन नसकेपछि खेल नेपालको पक्षमा गएको हो । नेपालले अन्तिम ६ ओभरमा जितका लागि ४२ रन बनाउनु पर्ने थियो ।
खेल रोकिदा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । यस अघि यूएईले पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । ३६ खेलबाट नेपाल ४० अंकका साथ शिर्ष तीनमा रहदै विश्वकपको छनौट चरणमा पुगेको हो ।
नेपालका लागि भिम सार्कीले ६७ , कुसल भुर्तेलले ५० , कप्तान रोहित पौडेलले १६ रन बनाए । त्यसैगरी आरिफ शेखले ५२ रन बनाए । गुल्सन झाले रन बनाए ।
यस अघि यूएईले पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।
यूएईका लागि आसिफ खानले ४२ बलमा १०१ रन बनाए । त्यसैगरी भि अरविन्दाले ९४ तथा कप्तान मोहमद वासिमले ६३ रन बनाए।
नेपालका लागि दिपेन्द्रसिंह एैरीले २ विकेट लिए। त्यसैगरी सन्दीप लामिछाने , सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । यूएईले टस जितेर पहिलो व्याटिड गरेको हो।
साभार नागरिक न्यूज
Facebook Comment