रौतहटको जिल्ला अधिवेशन सोमबार हुने
खबर पलिका
२०७८ फागुन २२ गते १०:२४

नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशन सोमबार हुने भएको छ ।  नेपाली काँग्रेस जिल्ला कार्यालय गौर रौतहट तथा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै  स्थगित गरिएको निभएको निर्वाचन सोमबार बिहान साढे ८ बजेदेखि ५ बजेसम्म हुने सुचना जारि गरेको छ ।नयाँ नेत्रित्वका लागी गत बिहिबार सभापति पदमा दुई जना उम्मेदवारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । सभापति पदमा हृदयनारायण राय यादव र सुनिल कुमार यादव (जितेन्द्र) उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा दुइ वटै प्यानलका मतदाताहरु सहभागी हुन तयार थिए । तर, निर्वाचनमा सहभागी हुन गौर पुगेका रौतहट क्षेत्र नं–३ का मतदाताहरुलाई प्रमाणपत्र बिनानै सहभागी गराउन खोजेपछि दुबै प्यानलमा विवाद भएकोले निर्वाचन स्थगित भएको थियो । स्थगित भएको निर्वाचान दुबै प्यानल बीच सहमती जुटेपछि सोमबार मतदानको नयाँ मिति तोकेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =