फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता
खबर पालिका
२०७९ चैत ६ गते २१:०१

चैत्र ६,

एक महिनाको अवधिमा अर्थ मन्त्रालयले ८ अर्बको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार बहुवर्षिय ठेक्काको सहमति र बजेटसँग सम्बन्धित सहमति सो रकम बराबरको दिइएको हो ।

यस महिनामा रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो स्रोत सुनिश्चितता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको छ ।

आन्तरिक राजस्व विभागमा अन्तःशुल्क स्टिकर छपाइ, आपूर्ति र ढुवानीका लागि मन्त्रालयले ४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको मन्त्रालयले जनाएको छ ।

साभार अनलाईन खबर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =