१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित
चैत्र ६,
१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकामा आज साेमवार भएको खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको हो । नेपाल पहिलो हाफमै ३ गोलले पछि परेको थियो । ५४ औँ मिनेटमा नेपालकी वर्षा ओलीले गोल गरेर पुनरागमनको सङ्केत गरे पनि थप एक गोल खाँदै पराजित भयो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक र पूजाले १ गाेल गरिन् ।
नेपालले दोस्रो खेलमा पर्सि बुधवार भुटानसँग, आउँदो आइतवार रुससँग र मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान रुसको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
साभार उज्यालो अनलाईन
Facebook Comment