बैंकका कर्मचारी मतदानमा खटिएपछि आर्थिक क्षेत्र प्रभावित
<span;>रौतहट समाचारदाता
<span;>देशको अर्थतन्त्रलाई चलायमान बनाइराख्नु मेरुदन्डको रुपमा बैंकका कर्मचारीलाई नै जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदानमा खटाएपछि आर्थिक क्षेत्र थप प्रभावित भएको छ । जिल्लामा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउने कामको विरोध भए पनि निर्वाचन कार्यालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई चुनावमा खटाएको हो ।
<span;>जिल्ला निर्वाचन कार्यालय रौतहटले कृषि विकास बैंक लिमिटेड गरुडा शाखाका सातौँ तहका कर्मचारी राम उदगार विराजीलाई गरुडा नगरपालिकाको मावि भवन लक्ष्मीपुर टोल महम्मदपुर मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको छ । यसै गरी गरुडा नगरपालिकाकै दुर्गा सामुदायिक प्रावि भवन महम्मदपुर ख मतदान केन्द्रमा राष्ट्रिय वाणिज्य बैंक गौरका छैटौँ तहका कर्मचारी निरोज पाण्डेलाई मतदान अधिकृतको रुपमा खटाएको छ । दुर्गा सामुदायिक प्रावि भवन महम्मदपुरकै अर्को मतदान केन्द्रमा नेपाल बैंक लिमिटेड चन्द्रपुरका काशीराज न्यौपानेलाई सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>राष्ट्रिय वाणिज्य बैंक गौरका पाँचो तहका कृष्टिकुमारी विश्वकर्मालाई गरुडा नगरपालिकाको साबिक गाविस भवन बसबिटी जिंगडिया क मतदान केन्द्रको सहायक मतदान अधिकृत बनाइएको छ भने राष्ट्रिय वाणिज्य बैंक गौरकै पाँचौँ तहका कर्मचारी रोशन साहलाई सोही मतदान स्थलको ख केन्द्रमा सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>कृषि विकास बैंक लिमिटेड गौरका पाँचौ तहका राकेश यादवलाई जनता प्रावि भवन ब्रह्मस्थान पौराई क को सहायक मतदान अधिकृत तथा कृषि विकास बैंक गौरकै पाँचौँ तहका अर्का कर्मचारी शिव शंकर मण्डललाई सोही स्थानको मतदान केन्द्र ख मा सहायक मतदान अधिकृत बनाइएको छ । यसै गरी आवि भवन मंगलपुर टोल पौराई क केन्द्रमा कृषि विकास बैंक गौरमा पाँचौँ तहमा कार्यरत कर्मचारी सोनी झालाई सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>राष्ट्रिय वाणिज्य बैंक ईशनाथका छैठौँ तहका सन्तोष कुमार ठाकुरलाई प्रावि फुलबारी टोल जुडिबेलाको मतदान अधिकृत बनाइएको छ भने नेपाल बैंक लिमिटेड कटहरियाका पाँचौँ तहका चन्दन कुमार झालाई आवि भवन मंगलपुर टोल पौराई ख मा सहायक मतदान अधिकृत बनाइएको छ । नेपाल बैंक लिमिटेड राजदेवीका पाँचौ तहका प्रवीण कुमार राउतलाई महेन्द्र मावि रैयाटोल पौराई क मा सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ ।
<span;>राष्ट्रिय वाणिज्य बैंक गरुडाका पाँचौ तहका अनिल कोइरालालाई प्रावि भवन मोथियाहीटोल चन्द्रनिगाहपुर क मा सहायक मतदान अधिकृत र रावा बैंक गरुडाकै पाँचौँ तहका रविन्द्र पटेललाई मोथियाहीमै ख मा सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
<span;>निर्वाचन कार्यालयले लघुवित्तका कर्मचारीलाई पनि चुनावमा खटाएको छ । चन्द्रपुर नगरपालिकाको आवि वसन्तपुर टोल क र ख मतदान केन्द्रको सहायक मतदान अधिकृतमा गरुडामा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.मा पाँचौँ तहका कर्मचारीद्वय विवेक ढुंगेल र परमानन्द ठाकुरलाई सहायक मतदान अधिकृत बनाइएको छ भने सोही वित्तीय संस्थाका पाँचौँ तहका लक्ष्मीनारायण चौधरीलाई पन्च आवि चेतनगर डुमरिया मकोक केन्द्रमा सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>यसै गरी कृषि विकास बैंक लि. चन्द्रपुरका पाँचा तहका राजीव प्रसाद साह डुमरिया मको ख केन्द्रका सहायक मतदान अधिकृत, कृषि विकास बैंक गरुडाका पाँचौँ तहका राजीव प्रसाद साहलाई चेतनगर डुमरिया मको ख केन्द्रमा सहायक मतदान अधिकृत, सोही शाखाका रमेशप्रसाद साहलाई सिन्दुरेघारी कको सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>यसै गरी कृषि विकास बैंक गौरका छैटौँ तहका त्रिवेदी कुमार साहलाई जनता मावि औरैया र सोही बैंकका छैटौँ तहका राम विलास राउतलाई औरैया क मतदान अधिकृत बनाइएको छ । रावा बैंक मौलापुरका छैटौँ तहका पवन कुमार कुशवाहा जनता मावि डुमरिया पको क केन्द्रका मतदान अधिकृत तथा रावा बैंक गरुडाका छैटौँ तहका अरविन्द कुमार झालाई कटहरिया नगरपालिकाको डुमरियामा मतदान अधिकृत बनाइएको छ । यसै गरी नेपाल बैंक समनपुरका छैटौँ तहका प्रावि भवन हथियाही टोल कटहरियामा मतदान अधिकृत तथा नेपाल बैंक राजदेवीका छैटौँ तहका दीपेन्द्र प्रसाद यादवलाई हथियाही क जमुनिया टोलमा मतदान अधिकृत बनाइएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. गरुडाका छैटौँ तहका विजय कुमार लाल कर्णलाई हरिनगर मैढामा मतदान अधिकृत बनाइएको छ ।
<span;>यसै गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था कटहरियाका छैटौँ तहका रामकिशोर महतोलाई नयाँ वस्ती कटानी, यही वित्तीय संस्थाको गौरका छैटौँ तहका राजकुमार साहलाई नयाँ वस्ती कटानी ख तथा दिनेश कुमार मल्लिकलाई कटानी गको मतदान अधिकृत तोकिएको छ ।
<span;>नेपाल बैंक गौरका छैटौँ तहका कर्मचारीद्वय राकेश श्रीवास्तव र रोशन साहलाई गौरमै दुई मतदान केन्द्रमा मतदान अधिकृत बनाइएको छ भने पाँचौँ तहका प्रवीण कुमार राउतलाई टिकुलिया टोल ख मा सहायक मतदान अधिकृत बनाइएको छ ।
<span;>जिल्ला निर्वाचन कार्यालयले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी स्थानीय तहमा खटिएपछि बैंकिंग क्षेत्र नै प्रभावित भएको छ । शुक्रबारदेखि नै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिममा गएपछि बैंकको कारोबार नै प्रभावित भएको थियो । अधिकांश बैंकका प्रबन्धक, सहायक प्रबन्धक र अन्य कर्मचारीहरु चुनावमा खटिएपछि बैंक तथा वित्तीय क्षेत्र नै प्रभावित भएको छ ।
<span;>शुक्रवारदेखि नै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु खटिएपछि बैंक नै सुनसान भएको र धेरै सेवाग्राही फर्केर जानु परेको देखिएको छ । सरकारी स्वामित्वमा रहेका नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका झन्डै सबै कर्मचारी चुनावमा खटिएर बैंक बन्दको स्थितिमा पुग्दा एकातिर जिल्लाको आर्थिक कारोबार नै प्रभावित भएको छ भने अर्कोतिर निजी क्षेत्रको बैंकिंग क्षेत्रले प्रोत्साहन पाएको देखिएको छ ।
<span;>जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले खटिने र नखटिने कर्मचारीको सूची माग गरेको र त्यसैअनुसार आएको पत्रलाई मुख्य निर्वाचन कार्यालयलाई पठाएको बताएका छन् । प्रमुख दासले निर्वाचनमा कर्मचारी खटाउने काम मुख्य निर्वाचन कार्यालयको रहेको बताएका छन् ।
<span;>मुख्य निर्वाचन कार्यालयले भने जिल्ला निर्वाचन कार्यालयबाट आएको कर्मचारीको सूचीअनुसार नै कर्मचारी खटाउने काम भइरहेको जनाएको छ ।
<span;>जिल्लामा ५१८ बुथ रहेकामा २ हजार ५८४ कर्मचारीलाई खटाइसकिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
<span;>रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बैंकिंग क्षेत्रका धेरै कर्मचारी खटाइएको विषयमा आफूले बुझिरहेको प्रतिक्रिया दिएका छन् ।
शुक्रवारदेखि रौतहटको सरकारी बैंकका अधिकांश कर्मचारीहरु स्थानीय तहको चुनावमा खटिएर जाँदा बैसाख ३० गतेसम्म चुनावमा हुने तथा बैसाख ३१ गते शनिवार, जेठ १ गते आइतवार, जेठ २ गते बुद्ध जयन्तीको बिदा हुने भएकोले करिब दुई हप्ता झन्डै बन्द रहने देखिएको छ ।
<span;>यति लामो समय सरकारी बैंकहरुमा कारोबार नहुँदा आर्थिक क्षेत्रमा सबैभन्दा पछाडि परेको रौतहटलाई थप पछाडि धकेल्न सहयोग पुग्ने आरोप व्यावसायीहरुको रहेको छ ।
<span;>उता चुनावको प्रयोजनको लागि जिल्लाका अधिकांश विद्यालयमा बुथ कायम भएको र विद्यालय संचालन नभएको अवस्थामा शिक्षकहरुलाई नखटाएर बैंकका कर्मचारीलाई प्राथमिकता दिँदा जिल्लामा सर्वसाधारण आर्थिक र शैक्षिक गरी दोहोरो मारमा परेको बुद्धिजीवीहरुले बताएका छन् ।
Facebook Comment