गरिबको घरघरमा पुगेर मत मागिरहेका छन् कलवार
खबर पलिका
२०७९ वैशाख २५ गते २२:१९

गरुडा समाचारदाता

कोरोना र बाढीको समयमा गरिब परिवारलाई खोजी खोजी आफ्नो निजी खर्चमा सेवा गरेको समाजसेवी कन्थमुनि प्रसाद कलवार मतदाताको घरघरमा मत माग्दै पुगिरहेका छन् । सधैँ जनतालाई दिने समाजसेवी अहिले जनतासित माग्नमा व्यस्त रहेका छन् ।

नेकपा एमालेबाट गरुडा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका चर्चित समाजसेवी कन्थमुनि प्रसाद कलवार हरेक दिन बिहानदेखि साँझसम्म गरिबको झोंपडीमा गएर मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

जुन गाउँमा कलवार पुग्छन्, त्यहाँका गरिब तथा साधारण मतदाताले कलवारलाई जाति र पार्टीभन्दा माथि उठेर सहयोग गर्न अगाडि सरिरहेका छन् । कलबारले घरदैलो कार्यक्रममा जनताको व्यापक समर्थन पाएको पनि बताएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार कन्थमनि प्रसाद कलवार र उपमेयर उम्मेदवार ज्ञानकला देवी साह मतदाताको घरदैलोमा नै पुगिरहेका छन् । आफ्नो चुनावी अभियानलाई अत्यन्त तीव्र बनाएका नेता कलवारले आफूले चुनाव जित्नेमा पूर्णतया विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । समाजसेवामा ठूलो योगदान दिएका नेता भएकाले जनताले पनि आफूलाई पत्याइरहेको कलबारको भनाइ छ ।

चुनावको अब केही दिन मात्र बाँकी रहेको अवस्थामा आफ्नो पक्षमा पुरै माहौल बनिसकेको नेता कलवारको दाबी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =