लिग नगर्ने एन्फासँग बी डिभिजन क्लबले मागे क्षतिपूर्ति
चैत्र २७,
निर्धारित समयमा शहीद स्मारक लिग सन्चालन गर्न नसकेपछि बी डिभिजन क्लबहरुले क्षतिपूर्ति माग गरेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले चैत १५ गतेदेखि बी डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।
समयमा लिग सञ्चालन गर्न नसकेको तर लिगका लागि आफूहरुले तयारी गरिसकेकाले कम्तिमा ४५ दिनको क्षतिपूर्ति माग गरिएको छ । सोमबार सबै १४ क्लवका प्रतिनिधिले हस्ताक्षर गरिएको पत्र एन्फाका बुझाइएको छ ।
लिगको पूर्वनिर्धारित मितिमा चैत १५ गते एन्फा प्रतिनिधि र बी डिभिजन क्लवका प्रतिनिधिबीच छलफल भएको थियो । त्यो छलफलमा चैत १८ गते बस्ने एन्फा कार्यसमितिको बैठकमा क्षतिपूर्तिबारे निर्णय गर्ने आश्वासन पाए पनि सो अनुसार निर्णय नभएको क्लवहरुको मागपत्रमा उल्लेख छ ।
साभार अनलाईन खबर
Facebook Comment