नेतृत्व सुधारको लागि आफू उम्मेदवार बनेको युवा नेता दीपक यादवको दाबी
गरुडा २६ बैशाख
रौतहटको गरुडा नगरपालिकामा मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका नवयुवक दीपक राय यादवले स्थानीय तहमा नेतृत्व सुधारको लागि आफू उम्मेदवार बनेको बताएका छन् । एमबिएस सम्मको अध्ययन गरेर राजनीतिमा आएका युवा नेता यादवले आफूमा रहेको क्षमतालाई पहिचान गरेर लोसपा नेपालले टिकट दिएको दाबी गरेका छन् । पत्रकाहरुसित कुराकानी गर्दै नेता यादवले गरुडा नगरपालिकामा आफूले जितेर राम्रो काम गरेपछि अन्य युवामा पनि राजनीतिप्रति सकारात्मक भावनाको विकास हुने दाबी गरेका छन् । राजनीतिमा सुधार गर्न र राजनीतिको देखिएको भ्रष्ट वातावरणलाई सुधार गर्न आफू राजनीतिमा आएको र अब अन्य युवालाई प्रेरणा दिन आफूलाई सहयोग पुगेको विश्वास व्यक्त गरेका छन् । यसै बिच युवा नेता यादवले गरुडा नगरपालिका १ जयनगर र वडा नम्बर ५ महम्मदपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
Facebook Comment