छोरीको बिहेमा गरुडा नगरपालिकाको सहयोग
खबर पालिका
२०८० जेठ १५ गते २०:२४

गरुडा, जेठ १५
रौतहटको गरुडा नगरपालिकाले छोरीको बिहेमा सहयोग गर्ने कामको सुरुआत गरेको छ । पूर्व घोषणा बमोजिक नगरपालिकाले छोरीको विवाहमा नगरपालिकाले सहयोग दिन सुरुआत गरेको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले सोमवार एक परिवारलाई २५ हजार रुपैयाको चेक हस्तान्तरण गर्दै छोरीको बिहेमा सहयोग गरेका हुन् ।
नगर प्रमुख कलवारले गरुडा नगरपालिका २ गेडहीगुठीका रामदयाल बैठाको छोरीको विवाहमा राहत पुग्ने उद्देश्यले २५ हजार रुपैया सहयोग गरिएको बताएका छन् ।
अति विपन्न तथा दलित परिवार भएको तथा पहिले घोषणा गरिएकोले सहयोग गरिएको नगर प्रमुख कलवारले जानकारी गराएका छन् । बैठाको घरमै पुगेर सहयोग गरिएको हो ।
उक्त अवसरमा वडाध्यक्ष कृष्णनन्दन सहनी तथा स्थानीय नेता हरिचन्द्र राय यादवसहितको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =