रौतहट र सर्लाहीमा सिंचाइको लागि बजेटमा नयाँ व्यवस्था
जेष्ठ १७,
रौतहट र सर्लाहीका किसानको लागि आगामी आर्थिक वर्षमा नयाँ योजना आउने भएको छ । रौतहट र सर्लाहीका किसानहरुका लागि आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेटमा नयाँ व्यवस्था गरिएको हो ।
कृषि ज्ञान केन्द्र रौतहटका अधिकृत विप्लव कुमार गुप्ताले सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार गत जेठ १५ मा अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटको बुँदा नम्बर ३४७ मा दुई जिल्लाको लागि नयाँ योजना आएको बताइएको छ । बुँदामा भनिएको छ “भूमिगत जलस्रोतको उपयोग गरी सर्लाही तथा रौतहट जिल्लाको २२ हजार हेक्टर क्षेत्रका लागि नवीन यान्त्रिक सिंचाइ आयोजनाको निर्माण कार्य थालनी गरिनेछ ।”
योजनाबाट रौतहट र सर्लाहीका किसानले लाभ लिन सकिने बताइएको छ ।
Facebook Comment