रौतहटका विद्यालयहरु एक हप्ता बन्द गर्न इकाईको सिफारिश
खबर पालिका
२०८० जेठ १८ गते १९:५२

रौतहट, जेठ १८
अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित भएपछि एक हप्ताको लागि विद्यालय बन्द गर्न सिफारिश गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिश गरेको हो ।
इकाई प्रमुख राम बिनय कुमार सिंहले विहीवार गर्मी विदा सम्बन्धमा एक सूचना जारी गर्दै रौतहटका सोह्र वटा नगरपालिका तथा दुईओटा गाउँपालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेका हुन् ।
अत्यधिक गर्मीको कारण विद्यालयको पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छितसमेत पर्ने भएकोले वर्षे विदाबाट कट्टा हुने गरी एक हप्ता विद्यालयमा गर्मी विदा गरिदिनु हुन इकाई प्रमुख सिंहले अनुरोध गरेका हुन् ।
जिल्लाको अधिकांश विद्यालयमा बिहानीको समयमा कक्षा संचालन भइरहेको भए पनि छुटीको बेलामा अत्यधिक गर्मी हुने तथा घर जान समस्या हुने भइरहेको देखिएको छ । यसै गरी विद्यार्थीको अत्यधिक चाप हुने कक्षाकोठामा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई धेरै समस्या भइरहेको पनि देखिएको छ ।
कक्षा संचालनमा कठिनाइ उत्पन्न भइरहेको तथा कतिपय विद्यालयमा बालबालिका अत्यधिक गर्मीले मुर्छित भएको सूचना आएकोले एक हप्ताको लागि विद्यालय बन्दको सिफारिस गरिएको इकाई प्रमुख सिंहको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =