रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई
खबर पालिका
२०८० जेठ १८ गते २१:५३

मदन ठाकुर
रौतहट, जेठ १७
रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरिरहेको देखिएको छ । रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन् ।
रौतहटको गढीमाई नगरपालिका २ समनपुरका रबिन्द्र सहनीले नीलगाईको आतंकले आफूहरु निकै पीडित बनेको बताएका छन् । बागमती नदीको बगरमा सयौँको संख्यामा रहेको नीलगाईले बालीनालीलाई नोक्सान पु¥याएको बताएका छन् । बालीनालीलाई नोक्सान पु¥याउँदा आफूहरु निकै समस्यामा परेको सहनीको भनाइ छ ।
यस्तै धर्मेन्द्र पटेलले पनि समूहमा आउने नीलगाईले तरकारी बालीमा ठूलो नोक्सानी पु¥याउने गरेको बताउँछन् । तरकारी बाली खान पल्केका नीलगाईको समूहले बाली नै बर्बाद पारेको पटेल बताउँछन् ।
यसै गरी धन्हारीका केराखेती किसान राम बिलास साहले नीलगाईले केराखेतीमा ठूलो नोक्सान पु¥याएको बताएका छन् । केराको झारलाई भाँचेर तथा फलेको केरा नै खाइदिएर नीलगाईले नोक्सानी पु¥याइरहेकोले केराखेती गर्ने किसानले दुःख पाइरहेको साह बताउँछन् ।
सर्लाहीको खैर्बाका किसान भोला सहनीले नीलगाई बालीमा पसेर नोक्सान पु¥याइरहेको बताउँछन् । समूहमा आउने नीलगाईले बालीमा पसेर खाने तथा बाली कुल्चेर हैरान पारेको सहनीको भनाइ छ । आफ्नो धनिया खेतीलाई नीलगाईले सखाप नै पारेको सहनी बताउँछन् ।
किसानको खेतमा निरन्तर नोक्सानी पु¥याइरहेको नीलगाईको समूहले उष्ण प्रादेशिक बागवानी केन्द्र नवलपरमा पनि ठूलो नोक्सानी पु¥याइरहेको छ । केन्द्रको सीमाभित्र करिब साढे तीन सयको संख्यामा रहेको नीलगाईले केन्द्रको विरुवा खाइदिने गरेको केन्द्र स्रोतको दाबी छ ।
सर्लाही र रौतहटमा विभिन्न बालीमा नीलगाईको समूहले ठूलो नोक्सानी पु¥याइरहँदा सम्बन्धित निकायको ध्यान जान नसकेको किसानको भनाइ छ । नीलगाईलाई नेपालमा संरक्षित पशु चौपायाको श्रेणीमा राखिएको र धपाउँदा पनि सावधानी अपनाउनु पर्ने भएकोले किसानहरुले आफ्नो बालीलाई सुरक्षा दिनुपरेको गुनासो रहेको छ ।
नीलगाईले रौतहट र सर्लाहीको खेतीमा वर्षेनी करोडौको नोक्सान पु¥याउने गरेको अनुमान गरिएको छ ।
(नागरिक न्युजबाट साभार)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =