मन्त्री यादवले गरे जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन
खबर पालिका
२०८० जेठ २७ गते १३:१२

रौतहट, जेठ २७
मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । मन्त्री यादवले गढीमाई नगरपालिका ८ वरियारपुरमा शनिवार एक समारोहबिच जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
व्यवस्थित ल्याबको अभावमा स्वास्थ्य परीक्षण गराउन बाहिर जानुपर्ने र विपन्न समुदायलाई निकै महँगो पर्ने गरेको अवस्थामा वरियारपुरमा नै गुणस्तरीय ल्याबको व्यवस्था हुनुले नगरवासीलाई स्वास्थ्य सुविधा प्राप्त हुने मन्त्री यादवले बताएका छन् ।?
उक्त अवसरमा नगर प्रमुख श्यामप्रसाद यादवले नगरवासीको सुविधाको लागि नगरपालिकाले प्रदेश सरकारसित मिलेर विभिन्न योजना अगाडि बढाउन लागेको बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =