खडेरीले केराखेतीमा व्यापक क्षति
लामो समयदेखि पानी नपरेको र अत्यधिक गर्मी बढेपछि तरकारी खेतीलाई निकै नोक्सान भएको छ । सबैभन्दा बढी खडेरीलाई केराखेतीलाई असर पु¥याएको छ ।
मुख्य गरी खडेरीले बागमती नदीको बगरमा लगाइएको केराखेतीलाई क्षति पु¥याएको हो । लगातार वर्षा नभएपछि नदी उकासको जमिनमा लगाइएको केरा तथा तरकारी बालीमा व्यापक क्षति सुख्खाले पुगेको देखिएको छ ।
सर्लाही डुमरियाका कृष्ण यादव बागमती नदीको उकास जमिनमा लगाएको केराखेतीमा खडेरीले अकल्पनीय क्षति पु¥याएको छ । अधिकांश केरोको बोट सुकेको तथा सुक्न थालेको देखिएको छ । करिब तिन बिगाहा खेतमा लगाइएको केराखेतीमा निकै धेरै नोक्सान भइसकेको यादव बताउँछन् ।
ग्त वर्ष लगाएको केराखेती निकै फस्टाएर आएको थियो तर गत कात्तिकदेखि खासै पानी नपरेको तथा एक महिनादेखि अत्यन्तै चर्को घामले जनजीवन अस्तव्यस्त पार्दा बगरको बालुवामा सुन फलाउने सपनालाई डढाएको यादवको भनाइ छ । करिब पचास प्रतिशत केराको बोट सुकिसकेको अवस्थामा पुगेको खेतमा देखिएको छ ।
यसै गरी केराखेतीमा रौतहटको गढीमाई नगरपालिकाको धन्हारीमा पनि ठूलो क्षति पुगेको छ । बागमती नदीको बगरमा लगाइएको केराखेतीमा व्यापक क्षति पुगेको आफूले देखेको स्थानीय राम बिलास साहको भनाइ छ ।
जिल्लाको बागमती र बकैया नदीको किनारमा व्यापक मात्रामा केराखेती हुँदै आएको छ । बलौटे माटोमा फस्टाउने केराखेतीबाट किसानले राम्रो आम्दानी गर्दै आएको छ । अत्यधिक गर्मी बढेको र लामो समयदेखि पानी नपर्दा बलौटे माटो भएको जमिनमा पानीको मात्रा सुकेको र बालुवा तातो भएर केराको जरो सुक्न थालेपछि केराखेती बर्बाद हुन थालेको किसानहरुको भनाइ छ । लगातारको सुख्खाले सर्लाही र रौतहटका विभिन्न नदी किनारमा लगाइएको केराखेतीमा व्यापक प्रभाव परेको किसानहरु बताउँछन् ।
केराखेतीमा खडेरीले पु¥याएको क्षति देखेर केराखेती गर्ने किसान निराश भएका छन् ।
Facebook Comment