दुई ट्रेड युनियनबिच एकता
खबर पालिका
२०८० जेठ २९ गते १९:४४

रौतहट
दुई ट्रेड युनियनबिच शनिवार एकता भएको छ । आम ट्रेड युनियन महासंघ र नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन बिच शनिवार एक समारोहमा दुवै संगठनको बिचमा एकीकरण भएको सार्वजनिक गरिएको छ ।
एकतापछि दुवै संगठनको संयुक्त नाम आम ट्रेड युनियन फेडरेशन नेपाल रहने बताइएको छ । फेडरेशनको अध्यक्षमा धनमाया मगर रहने तथा फेडरेशनमा तत्काल ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ । एकता भएपछि ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =