जन्तुजनावरलाई पानीको लागि बगरमा खाल्टो
खबर पालिका
२०८० जेठ २९ गते १९:५०

रौतहट, जेठ २८
लगातारको खडेरीले पानीको अभावमा जन्तुजनावरहरु मर्न थालेपछि गौर नगरपालिकाले बकैयाको बगरमा खाल्टो खनेको छ ।
बगरमा पनि पानीको अभाव भएपछि विभिन्न जंगली जनावरहरु पानीको अभावमा मर्न थालेको खबर आएपछि खाल्टो खनेर वन्यजन्तु जोगाउने प्रयास गरेको नगर प्रमुख शम्भु साहले बताएका छन् ।
बकैया नदीको क्षेत्रमा हजारौँको संख्यामा नीलगाई तथा अन्य पशुहरु रहेका छन् । नीलगाई र बँदेल पानी खान नपाएर मर्न थालेको खबर पाएपछि बकैयाको बगरमा खाल्टो खनी पानी निकालिएको र विभिन्न जनावरहरुलाई सहज किसिमले पानी खाने व्यवस्था गरिएको नगर प्रमुख साहले बताएका छन् ।
वन्यजन्तु तथा जैविक विविधतालाई बचाउनु मानवताको दृष्टिकोणले उपयुक्त भएको नगर प्रमुख साहको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =