सीमित सुविधाका साथ नेपाल–भारत सिमानाका तिन दिन बन्द
गौर खबरदाता
नेपाल भारत सिमानाका तिन दिन बन्द हुँदैछ । बैसाख ३० गते शुक्रबार भइरहेको स्थानीय तहको चुनावको क्रममा २८, २९ र ३० गते सीमित सुविधाका साथ सिमानाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत प्रलव कायस्थले बैसाख २८ र २९ गते अत्यावश्यक सेवामा खटिने सबारी साधन एम्बुलेन्स, दमकल, पेट्रोलियम पदार्थ र औषधि जन्य सामग्री बोकेका सबारी साधन तथा वैवाहिक प्रयोजनमा प्रयोग भएका सबारी साधानहरुले मत्र सीमानाका षेत्रमा आवागमन गर्न पाउने बताएका छन् ।
भारतको विभिन्न क्षेत्रबाट आउने पैदल मतदाताको हकमा भने सीमाक्षेत्रमा दिन सकिने सुविधाको विषयमा छलफल गरिने जानकारी गराएका छन् । अन्य सबारी साधनको हकमा भने २७ गते राति १२ बजेदेखि नै सिमानाका बन्द हुने प्रशासकीय अधिकृत कायस्थले जानकारी गराएका छन् ।
बैसाख ३० गते शुक्रबार मतदानको दिन एम्बुलेन्स र दमकल मात्र सिमा क्षेत्रबाट आवागमन गर्न पाउने तथा सोबाहेक अन्य सबारी साधनहरु पूर्ण रुपमा बन्द रहने पनि कायस्थले जनाएका छन् ।
नेपाल र भारत दुवै सिमावर्ती जिल्लामा कुनै पनि तहको निर्वाचन हुँदा दुवैतिरका सुरक्षा निकायका प्रमुखहरुले आवश्यक छलफल गरेर समन्वयमा सिमानाका बन्द गर्ने गरेका छन् । नेपाल सरकारको गृह मन्त्रालयको च.न. २३७० बैसाख २६ को पत्रबाट प्राप्त निर्देशनको आधारमा तिन दिन सीमित सुविधाका साथ नेपाल भारत सिमानाका बन्द हुन थालेको जनाइएको छ ।
Facebook Comment