बारामा पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
खबर पालिका
२०८० असोज ९ गते ८:४८

असोज ९,

बाराकाे नेपाल-भारत सिमानामा रहेकाे दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानकाे शव भेटिएकाे छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेकाे हाे ।

प्रहरीले हत्या आशङ्कामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राहुल साह र सामलाल महतो रहेका छन् । घटनामा नेपालीसहित चारजनाकाे संलग्नता रहेकाे र अन्य दुई जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

स्थानीयवासीका अनुसार सशस्त्र प्रहरीकाे जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल चलाउनु भएकाे थियाे । तर, केही समयअघिदेखि उहाँले रक्सी पसल  बन्द गरेर गाउँमै खेतीपाती गर्दै आउनु भएकाे थियाे ।

साभार उज्यालो




Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =