पत्रकार श्रीवास्तवलाई युवा व्यवसायी जयसवालले गरे ५० हजार रुपैया सहयोग
खबर पालिका
२०८० असोज २१ गते २१:१४

असोज २१,
गरुडा
मुटुमा समस्या भई उपचाररत रौतहटका पत्रकार राजु श्रीवास्तवलाई गरुडाका एक व्यवसायीले मन फुकाएर सहयोग गरेका छन् । गरुडाा ४ का युवा व्यवसायी तथा नगर प्रमुख कन्थमनि प्रसाद कलवारका छोरा शैलेश जयसवालले पत्रकार श्रीवास्तवलाई पचास हजार रुपैया सहयोग गरेका छन् ।
मुटुमा समस्या भएपछि काठमाडौँस्थित सहिद गंगालाल हृदयरोग निवारण केन्द्रमा भर्ना भई उपचार गराइरहेका पत्रकार श्रीवास्तवलाई जयसवालले नगद ५० हजार रुपैया सहयोग गरेका हुन् । पचास हजार रुपैया एक मुष्ठ सहयोग गरेपछि युवा व्यवसायी जयसवाल अहिले चर्चामा छन् ।
यसै गरी राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले पनि पत्रकार श्रीवास्तवलाई बीस हजार रुपैया सहयोग गरेका छन् ।
अन्य विभिन्न क्षेत्रबाट सहयोगको क्रम जारी रहेको छ ।
पत्रकार श्रीवास्तवले मुटुको रोगमा उपचार खर्च निकै महँगो भएको तथा औषधिमा पनि निकै खर्च हुने भएकोले सहयोग गर्न सहृदयीहरुलाई आग्रह गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =