रौतहट सदरमुकाम गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास
खबर पालिका
२०७९ जेठ १३ गते १९:१७

खबरपालिका ÷गौर
जिल्लाको सबैभन्दा पुरानो तथा देशको चौथो जेठो विद्यालयको रुपमा रहेको सदरमुकाम गौरस्थिति जुद्ध माध्यमिक विद्यालयमा एउटा विद्यालय भवनको शिलान्यास नवनिर्वाचित नगर प्रमुख शम्भु साहले गरेका छन् । विद्यालयमा भवनको अभाव भएको र पुराना भवनहरु जीर्ण भइसकेको अवस्थामा आवश्यकतानुसार नयाँ सुविधा सम्पन्न भवनको शिलान्यास नगर प्रमुख साहले एक समारोहबिच शुक्रवार गरेका छन् ।
जुद्ध माविमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख शम्भु साहले पहिलो औपचारिक भौतिक पूर्वाधारको रुपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् । नगर प्रमुख साह पनि सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।
एक कार्यकाल विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका नगर प्रमुखको समयमा विद्यालयमा अपत्यारिलो सुधार भएको थियो । पछिल्लो समयमा विद्यालयमा निरन्तर हुल हुज्जत हुने, शिक्षकमाथि आक्रमण हुने, विद्यालयमा तोडफोड हुने जस्ता अवाञ्छित क्रियाकलाप बढेको थियो । जिल्लाको शैक्षिक गौरवको स्थानीयले सुधारको अपेक्षा गरेका स्थानीयबासीले नवनिर्वाचित नगर प्रमुख साहले पहिलो कामको रुपमा विद्यालयमा भवन निर्माणको शुभारम्भ गर्नुलाई शैक्षिक सुधारको संकेतको रुपमा लिएका छन् ।
आठ करोडको लागतमा पाँच वर्षमा निर्माण हुने बताइएको विद्यालय भवनको लागि चालू आर्थिक वर्षमा तत्काल करिब एक करोड रुपैयाको काम हुने बताइएको छ ।
विद्यालय भवनको शिलान्यास गर्नुपूर्व नगर प्रमुखले विद्यालयमा पुगेर बालबालिकासित पढाइको विषयमा अन्तक्र्रिया गरेका थिए । बालबालिकासित अन्तक्र्रिया गरेपछि नगर प्रमुख साहले तत्काल शैक्षिक अवस्थामा सुधार गर्न प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
साना कक्षाका बालबालिकाले दिवा खाजाको माग गरेपछि नगर प्रमुख साहले बालबालिकाका लागि तत्काल खाजाको व्यवस्था गर्न र कुनै किसिमको लापरवाही नगर्न पनि निर्देशनसाथ चेतावनी दिएका छन् ।
नगर प्रमुख साहसँगै उपप्रमुख शैलकुमारी देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबास ठाकुर लगायत विभिन्न वडाध्यक्ष तथा अन्य अभिभावक र समाजसेवीको सहभागिता रहेको थियो ।
नगर प्रमुखमा निर्वाचित भएपछि साह शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरी सुधारको लागि निर्देशन दिइरहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =