विद्युतीय चुराेटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर
खबर पालिका
२०८० असोज २४ गते १५:३८

असोज २४,

विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छाेरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ ।

आज बुधवार काठमाण्डाै जिल्ला अदालतमा महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएकाे हाे । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई अहिले काठमाण्डाै बस्ने दावा छिरिङ र काठमाण्डाैका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये निमा फरार छन् ।

सरकारी विकल कार्यालयले उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकाे हाे । उनीहरूसँग आठ कराेड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

२०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नाै किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

साभार उज्यालो




Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =