देवाही गोनाही नगरपालिकामा व्यवस्थित अस्पताल संचालन गर्ने नगर प्रमुख र उपप्रमुखको घोषणा
रौतहटको देवाही गोनाही नगरपालिकामा व्यवस्थित अस्पताल संचालन गर्ने नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखले घोषणा गरेका छन् । नवनिर्वाचित नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेलले शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगरपालिकामा व्यवस्थित अस्पतालको व्यवस्थापन गर्ने घोषणा गरेका छन् । कम्तीमा पन्द्रह शैयाको अस्पताल बनाउने र महिला तथा गर्भवतीका लागि अल्ट्रासाउन्डको पनि अस्पतालमा व्यवस्था गर्ने बताएका छन् । नगरपालिकामा एउटा व्यवस्थित अस्पताल नहुँदा नगरबासीलाई निकै समस्या भएको अवस्थामा देवाही गोनाही नगरपालिकाका नगरबासीको स्वास्थ्यप्रति गम्भीर हुँदै यस किसिमको व्यवस्था गरिने बताएका छन् । सम्भव भएसम्म सबै किसिमको सुविधा अस्पतालमा उपलब्ध गराउने र बिरामीलाई सन्तुष्ट हुने किसिमको सेवा पनि उपलब्ध गराइने प्रयासमा आफूहरु लाग्ने नगर प्रमुख प्रेमलाल साह कानुले बताएका छन् ।
Facebook Comment