खबर पालिका
२०७९ जेठ १४ गते १९:२२

भारतमा प्रत्येक दश जनामा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको छ । नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिला मध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् । त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिटाइ खाने गरेका छन् ।
अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ । यस्तै अध्ययनबाट प्राप्त तथ्यांकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख रहेको उज्यालो अनलाइनले प्रकाशन गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =