गरुडा नगर उपप्रमुखको निर्देशनपछि विद्यालयमा खाजाको मेनु जारी
शपथ ग्रहण गरी कार्यभार सम्हालेसँगै गरुडा नगरपालिकाको सबै सामुदायिक विद्यालयमा एक हप्ताभित्र दिवा खाजा संचालन गर्ने घोषणा गरेकी उपप्रमुख पुनमकुमारी चौधरीको निर्देशनमा विद्यालय खाजाको मेनु तयार भएको छ । संचालनमा रहेका कतिपय विद्यालयले मेनु अनुसार बुधवारदेखि नै खाजा संचालन गरेका छन् । लामो समयदेखि बन्द रहेको विद्यालय खाजा कार्यक्रमलाई सुचारु गर्ने निर्देशनले शिक्षा शाखा सक्रिय भएको हो । हप्तामा पाँच दिन विद्यालय खुल्ने वर्तमान प्रचलन अनुसार नै खाजाको मेनु शिक्षा शाखाले प्रकाशन गरेको हो । मेनु अनुसार सोमवार पुरी तरकारी, मंगलवार एउटा स्याउ र एउटा केरा, बुधवार भात र अन्डाकरी, विहीवार खिर र शुक्रवार खिचडी वा तरकारी चिउरा गरुडा नगरपालिकामा विद्यालय दिवा खाजा संचालन हुने देखिन्छ ।
Facebook Comment