मावि गेडहीलाई कक्षा १२ सम्म चलाउने घोषणा गरे वडाध्यक्ष सहनी
रौतहटको गरुडा नगरपालिका २ का वडाध्यक्ष कृष्णनन्दन सहनीले गाउँको विद्यालयलाई कक्षा १२ सम्म चलाउने घोषणा गरेका छन् । कक्षा १० सम्म संचालनमा रहेको विद्यालयलाई आफ्नो कार्यकालमा कक्षा १२ सम्म पु¥याउने वडाध्यक्ष सहनीले घोषणा गरेका छन् । बुधवार वडा कार्यालयमा वडाध्यक्ष पदको पदभार ग्रहण गर्दै सहनीले आफूले कुनै पनि पार्टीको मानिस नभनी सबैलाई समान व्यवहार गर्ने बताएका छन् । यसै गरी वडा नम्बर २ मा सबैभन्दा गरिब रहेका धरखन सहनीका अपांग छोरा बिगन सहनीलाई वडा कार्यालयको तर्फबाट घर बनाइदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
Facebook Comment