फोहोर व्यवस्थापनको लागि हुँदैछ गरुडामा डम्पिङ साइटको खोजी
खबर पलिका
२०७९ जेठ २० गते १९:४६

रौतहटको गरुडा नगरपालिकामा पनि फोहोर व्यवस्थापन विस्तारै एउटा समस्याको रुपमा देखा पर्न थालेको छ । गरुडामा उत्पादित फोहोरलाई व्यवस्थापनको समस्या निकै पहिलेदेखि हुँदै आएकोमा नव निर्वाचित नगर प्रमुख कन्थमनि प्रसाद कलवारको पहलमा व्यवस्थापनको दीर्घकालीन उपायको खोजी हुन थालेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाभन्दा केही मिटर उत्तरमा मूल राजमार्गको पूर्वपट्टि व्यवस्थापन हुँदै आएको थियो । मूल सडकको छेउमा बस्ती विस्तार हुँदै गएको ठाउँमा फोहोर व्यवस्थान भइरहँदा फोहोरको दुर्गन्धले बस्तीबासी तथा सडकका यात्रु प्रभावित हुँदै आएको थियो ।

नगर प्रमुख कलवारले फोहोरलाई व्यवस्थापन गर्ने क्रममा केही ट्रयाक्टर फोहोर अन्यत्र फाल्न लगाएका छन् । दुर्गन्धलाई कम गर्न फोहोरको माथि माटो पुर्न लगाइएको छ । निकै फोहोर र दुर्गन्धित देखिएको ठाउँ अहिले केही सफा देखिएको छ ।

यसै गरी फोहोर फाल्ने दीर्घकालीन समाधानको खोजी पनि भइहरेको नगर प्रमुख कलवारले जानकारी गराएका छन् । गरुडाको फोहोर व्यवस्थापनको लागि विभिन्न ठाउँको खोजी भइरहेको र केही दिनमै फोहोरको व्यवस्थित निकास हुनेमा नगरबासीलाई नगर प्रमुख कलवारले आश्वास्त पारेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =