गौरमा तिन झुलुंगे पुल निर्माणको हुँदैछ तयारी
खबर पलिका
२०७९ जेठ २१ गते १९:३७

खबरपालिका, गौर
रौतहट सदरमुकाम गौरमा एक साथ तिन ओट झोलुंगे पुल निर्माण गर्ने तयारी भइरहेको छ । चुनाव प्रचारको समयमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर पदका उम्मेदवार शम्भु साहले मतदातासित गरेको प्रतिबद्धताअनुसार तिन ठाउँमा झोलुंगे पुलको निर्माण कार्य अगाडि बढाउने आन्तरिक तयारी नगरपालिकाले सुरु गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गर्न कार्यक्रम तथा योजनाहरुको छनौट गर्ने काम सुरु गरिएको सन्दर्भमा गौर नगरपालिकाभित्रको बकैया नदी तथा बरहवा तालमा झोलुंगे पुल निर्माणको तयारी पनि गरिएको छ । गौरको महादेवपटिमा रहेको बानेश्वर स्थान नजिक, टिकुलिया घाट तथा बरहवा तालमा गौरीशंकर क्याम्पसको पुर्वी गेटनजिक झोलुंगे पुल निर्माणको तयारी भइरहेको स्रोतले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =