गरुडा नगरपालिकाको कार्यपालिका निर्वाचनमा एमाले, काँग्रेस, लोसपा गठबन्धन विजयी
खबर पलिका
२०७९ जेठ २१ गते १९:४१

खबरपालिका, गरुडा
रौतहटको गरुडा नगरपालिकाको कार्यपालिका निर्वाचन शनिवार सम्पन्न भएको छ । गरुडा नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस र लोसपा गठबन्धनको प्यानल नै विजयी भएको छ । बैसाख ३० को निर्वाचन अलग अलग लडेका एमाले, नेका र लोसलाले कार्यपालिकाको निर्वाचन संयुक्त भएर लड्दा सहज जित निकालेको छ । कार्यपालिका सदस्यमा नेकपा एमालेबाट धनमन्ती देवी, मन्जु देवी, रजिया देवी र ध्रुव साह कानु निर्वाचित भएका छन् । यसै गरी नेपाली काँग्रेसबाट पुनम देवी राम, जयनारायण बैठा र संजीव प्रसाद साह कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यसै गरी लोसपाबाट इसलामु कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । गरुडा नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा नेकपा एमालेका ६, नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रका २, जसपा नेपालका २, लोसपा नेपालका २ र नेकपा एकीकृत समाजवादीका १ सदस्य भएका छन् । कार्यपालिका चुनावमा गठबन्धन बनाएर लडेका दलले मिलेर काम गरेमा नगरपालिका संचालनमा कुनै अप्ठ्यारो नहुने देखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =