बर्खा नहुँदा आर्थिक क्षेत्र प्रभावित हुने सम्भावना
खबरपालिका, रौतहट
बर्खाको अभावमा आर्थिक क्षेत्र प्रभावित हुने सम्भावना बढेको छ । दुई हप्ताभन्दा बढी समयदेखि बर्खा नहुँदा सर्वसाधारण किसान आत्तिएका छन् । सर्वसाधारण किसानले पानीको आश गरेका छन् तर बर्खा नहुँदा किसानको आशा अब निराशामा बदलिन थालेको छ । दिनभर हावा चल्ने, मझौला बादल लागिरहने, कतैबाट पानी आउला जस्तो पनि गर्ने तर पानी नआउँदा किसानलाई निकै घाटा भइरहेको छ । बर्खा नहुँदा किसानले धेरै समस्या भोगिरहनु पर्ने देखिएको छ ।
Facebook Comment