काठमाडौँमा चोरी भएका दुई मोसा सर्लाहीमा बरामद
सर्लाही खबरपालिका
सर्लाही प्रहरीले दुई मोटरसाइकल धनीलाई बुझाएका छन् । चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरी सम्बन्धित धनीको जिम्मा लगाइएको हो ।
सर्लाहीको हरिवन स्थित इलाका प्रहरी कार्यालयले चोरी भएका दुई मोटरसाइकल धनीलाई बुझाएको हो । राजधानी काठमाडौँबाट चोरी गरी सर्लाहीमा ल्याएर चलाइरहेको मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रदेश २ ०३४ प १६९७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र प्रदेश २ ०१७ प ९५६२ नम्बरको २०० सिसिको एनएस मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनको भनाइ छ ।
मोटरसाइकल धनी भक्तपुरको सूर्य विनायक नगरपालिका ९ का राजेश बनमाला र सर्लाहीको बरहथवा नगरपालिका ३ का राजेश विकलाई इलाका प्रहरी कार्यालय हरिवनमा बोलाएर मोटरसाइकल जिम्मा लगाइएको हो । नक्कली मोटरसाइकल नम्बर चढाएर चढिरहेको अवस्थामा प्रहरीले मोटरसाइकल बरामद गरेको थियो ।
सबारी चेकजाँचको क्रममा दुवै मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी गराएका छन् ।
Facebook Comment