खबर पलिका
२०७९ जेठ २५ गते १९:२८

गौर खबरपालिका
रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जुद्ध माध्यमिक विद्यालयले निर्देशन विपरीत शुल्क उठाएको गुनासो आएपछि विद्यालयमा पुगेर कागजपत्र नियन्त्रणमा लिएका छन् । नगरपालिकाको निर्देशन विपरीत विद्यार्थीसित शुल्क उठाउँदै गरेको व्यापक गुनासो नगरपालिका कार्यालयमा पुगेपछि नगर प्रमुख साह आफैँ विद्यालय पुगेका थिए ।
जुद्ध माध्यमिक विद्यालयले निर्देशन तथा सहमति विपरीत विद्यार्थीसित अनेक बहानामा शुल्क उठाउने गरेको गुनासो निकै पहिलेदेखि नै चल्दै आएको छ । शुल्कको विषयमा जुद्ध माविमा हरेक वर्ष विवाद हुने गरेको छ । विद्यालयमा अनधिकृत रुपमा फेरि शुल्क उठाइरहेको गुनासो नगरपालिकामा पुगेपछि नगर प्रमुख साह शिक्षा शाखाका कर्मचारीसहित विद्यालयमा पुगेर शुल्क उठाउने गरेको आर्थिक कागजपत्र नियन्त्रणमा लिएका हुन् ।
विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा दस्तुरको एक सय रुपैयाभन्दा बढी नबुझाउन पनि नगर प्रमुख साहले आग्रह गरेका छन् ।
अनावश्यक शुल्क उठाएको विषयसम्बन्धी कागजातको सम्बन्धित निकायबाट छानबिन गराई आवश्यक निर्णय लिइने नगर प्रमुख साहले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =