खबर पालिका
२०७९ जेठ २६ गते १९:११

गरुडा खबरपालिका

रौतहटको गरुडा नगरपालिकाले करार सेवाका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । नगर कार्यापालिकाको पहिलो बैठकले नगरपालिकाको विभिन्न क्षेत्रमा कार्यरत १८ किसिमका करार कर्मचारीको म्याद साउन १ देखि थप नगर्ने निर्णय गरेको हो । कार्यपालिकाको पहिलो बैठक २५ जेठ बुधवारका दिन बसेको थियो । कार्यपालिकाको पहिलो बैठकले सूचना तथा प्रविधि शाखाका सूचना प्रविधि अधिकृत, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यक्रम अन्तर्गत कार्यरत सबै कर्मचारीहरु, गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम अन्तर्गत कार्यरत सबै कर्मचारीहरु, नगरपालिकाको कानुनी सल्लाहकार, पञ्जिकरण शाखा अन्तर्गत कार्यरत सबै कर्मचारीहरु, पशु तथा कृषि शाखा अन्तर्गत कार्यरत सबै कर्मचारीहरु, स्वास्थ्य संस्थातर्फ करारमा कार्यरत मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, अनमि, कार्यालय सहयोगी, स्वीपर, नगरपालिका तथा वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर, कार्यालय सहायक, प्राविधिक शाखा अन्तर्गत कार्यरत सबै कर्मचारीहरु, शिक्षण संस्थातर्फ कार्यरत कार्यालय सहयोगी तथा शिक्षक कर्मचारी सबै, हल्का तथा हेभी सबै सबारी चालक, नगरका सबै कार्यालयमा कार्यरत कार्यालय सहयोगी, स्वीपर, पाले, चौकीदार, मेस्तर, बैक हो लोडर अपरेटर, सामी परियोजनातर्फ कार्यरत सबै कर्मचारीहरु, एमएसएनपि भोलेन्टिरयर, अमिन, सरसफाइ सुपरभाइजर, योजना सुपरभाइजर तथा सबै प्रकारका सुपरभाइजर, ग्रामीण उद्यम तथा विप्रेषण परियोजना समृद्धि कार्यक्रममा कार्यरत सबै कर्मचारीलाई नगर पालिकाले साउन १ देखि हटाउने निर्णय गरेको छ । गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले विहीवार सूचना जारी गरी नगरपालिकाको प्रथम बैठकको निर्णयअनुसार विभिन्न पदको लागि दरखास्त आह्वान भई सेवा करारमा पदपूर्ति भएका कर्मचारीहरुको सेवा करारको म्याद २०७९ साउन १ गतेबाट थप नहुने जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =