खबर पालिका
२०७९ जेठ २८ गते १९:२९

सर्लाही खबरपालिका
सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन् । लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो ।
लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन् । बाँकस ओसार्ने क्रममा मामा र भान्जाबिच विवाद हुँदा भान्जाले मामालाई त्यहीँ बासको लट्ठीले प्रहार गरेका थिए ।
भान्जाको लट्ठी प्रहारबाट गम्भीर घाइते भएका मामा अशोक विकलाई उपचारको लागि स्थानीय मोडल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ लैजाने क्रममा विकको बाटोमै मृत्यु भएको हो ।
मामामाथि लट्ठी प्रहार गरी मारेको अभियोगमा सर्लाही प्रहरीले रवि विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =