विद्यालयको सूचना निकाल्ने क्रममा प्रधानाध्यापकको चरम लापरवाही
खबर पलिका
२०७९ असार १ गते १९:३३

गरुडा खबरपालिका
एउटा सूचनामा विद्यालयले कतिसम्म लापरवाही गर्न सक्छ ? यसको उदाहरण खोज्ने हो भने गरुडा नगरपालिका ७ मा पिपरियामा रहेको श्री माध्यमिक विद्यालयले निकालेको सूचना हेर्दा थाहा पाउन सकिन्छ ।
विद्यालयका प्रधानाध्यापकले सूचना निकाल्नु भन्दा पहिलेकै मितिमा हस्ताक्षर गरेको प्रमाण फेला परेको छ । विद्यालयको अभिभावक भेलाको लागि निकालिएको सूचनामा सूचनाको मितिभन्दा हस्ताक्षर गरिएको मिति पहिलेको रहेको पाइएको छ ।
अरुलाई शिक्षा र ज्ञान दिनुपर्ने विद्यालयले सूचना निकालेको मितिभन्दा एक दिन पहिलेकै मितिमा हस्ताक्षर गरेको देखिएपछि सूचनाको मिति र प्रक्रिया नै गलत भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले बताएका छन् । विद्यालयको लेटर प्याडमा निकालिएको सूचनामा निमित्त प्रधानाध्यापक धर्मनाथ प्रसाद जयसवालको हस्ताक्षर रहेको छ ।
सूचनामा लेखिएका दुई मिति, सूचनाको भाषा र जसको नाममा सूचना जारी गरिएको छ सोही संस्थालाई बोधार्थ पनि बनाइएको छ ।
विद्यालयको अभिभावक भेलाका लागि कम्तीमा सात दिन पहिलेको मितिमा सार्वजनिक सूचना गरेर अभिभावक तथा सम्बन्धित पक्षलाई जानकारी गराउनु पर्नेमा विद्यालयले निकालेको सूचना कुनै पनि दृष्टिकोणले नमिलेको यादवले बताएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त प्रधानाध्यापकलाई यस विषयमा सोध्न फोन गर्दा स्वीच अफ बताएको जानकारी गराएका छन् ।
विद्यालयले बोलाएको अभिभावक भेलाको विषयमा नगरपालिकालाई जानकारी नगराएको पनि यादवको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =