दृष्टि तथा सामान्य स्वास्थ्य परीक्षण श्रीपुर माविमा सम्पन्न
रौतहटको गरुडा नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा गरुडा नगरपालिका ९ श्रीपुरमा रहेको श्री माध्यमिक विद्यालयमा विद्यार्थीको लागि दृष्टि परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । एक दिवसीय परीक्षण शिविरको व्यवस्थापन प्रकाशजीत आइ हस्पिटल तथा नर्सिङ होम प्रालि शिवनगरले गरेको थियो । जिल्लामा अत्यन्त चर्चित रहेको नर्सिङ होमका प्रमुख डा. संजय कुमार साहले परीक्षण गरेका थिए । आँखा उपचारको क्षेत्रमा डा. साह जिल्लामा निकै धेरै नाम कमाएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, विद्यार्थी तथा केही अभिभावकका साथै चिकित्सक टोलीको सहभागिता रहेको थियो ।
Facebook Comment