मर्यादपुरमा पूर्वमन्त्री साहले गरे माध्यमिक विद्यालयको उद्घाटन
मौलापुर खबरपालिका
नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका १ मर्यादपुरमा श्री माध्यमिक विद्यालयको उद्घाटन गरेका छन् । नगरपालिकाले किनेको १ बिगाहा ३ कट्ठा जमिनमा कम्पाउन्ड वाल र दुई ओटा भवन निर्माण समेत गरी करिब पौने ६ करोडको लागतमा निर्माण भएको माध्यमिक विद्यालयको पूर्व मन्त्री साहले उद्घाटन गरेका हुन् ।
जिल्लाको सबैभन्दा बढी शिक्षामा लगानी मौलापुर नगरपालिकाले गरेकोमा पूर्व मन्त्री साहले नगरपालिकाको खूब प्रशंसा गरेका छन् । प्राथमिक विद्यालय पनि नभएको र ऐलानी जमिन पनि नभएको गाउँमा सडकको छेउमा पर्याप्त जमिन किनेर एकै चोटि माध्यमिक विद्यालय निर्माण गरी संचालन गर्ने मौलापुर नगरपालिका मात्रै हुनु पर्छ ।
पूर्व मन्त्री साहले छात्रालाई साइकल प्रदान गर्ने, उच्च शिक्षा अध्ययनरत छात्रालाई ल्यापटप प्रदान गर्ने, साक्षरता शिक्षा अभियान नै संचालन गर्ने, नगर पालिकाको स्रोतमा शिक्षक दरबन्दी सिर्जना गरी करिब तिन दर्जन शिक्षक नियुक्ति गर्ने तथा नगरपालिकाको स्रोतबाट चार ओटा माध्यमिक विद्यालय संचालन गर्ने, बहुप्राविधिक शिक्षा संचालन गर्नेजस्तो शिक्षामा अपूर्व काम मौलापुर नगरपालिकाले गरेकोमा नगर प्रमुख रिनाकुमारी साह नगरपालिकाको नेतृत्वलाई प्रशंसा गरेका छन् ।
शिक्षालाई जीवनको आधार मान्ने पूर्व मन्त्री साहले गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले अहोरात्र काम गरिरहेको पनि बताएका छन् ।
कार्यक्रमका वक्ताहरुले मौलापुर नगरपालिकाको शिक्षाको क्षेत्रमा गरेको लगानीको खूब प्रशंसा गरेका थिए ।
गाउँमा विद्यालयको स्थापना भएपछि गाउँलेहरु निकै खुसी भएका छन् ।
नगरपालिकाले आधुनिक किसिमको दुई ओटा भवनको निर्माण टेन्डर प्रक्रियाद्वारा ठेक्कामा गराएका छन् ।
Facebook Comment