कविता साथी
कविता
साथी
पुष्पाकुमारी यादव
साथी सबै मिली तिमी जस्तो हुनु
मेरो मुटुको ढुकढुकीलाई नै छुनु
मलाई कहिल्यै पनि साथी नबिर्सिनु
मसँग तिमी सधैँ प्रेमले नै जिस्किनु
हुन्छ साथी एउटा सुन्दर मन
साथी हाम्रो साँच्चै अमूल्य धन
भने पनि जे कुरा साथीले बुझ्छ
अनि हाम्रो मनको कुरो सुन्छ ।
धन हुनेको पछाडि साथी नलाग्नू
मन हुनेको पछाडि साथ नछोड्नू
फेरि जानी नजानी फसिएला
यो स्कूलबाट बाटो कसिएला ।
गरुडा नपा ६ (अमरपटी), रौतहट
Facebook Comment