बज्जिका संगमलाई ५० हजारको अक्षयकोष
खबर पलिका
२०७९ असार २६ गते २०:३२

 

गरुडा खबरपालिका

पूर्व जिल्ला शिक्षा अधिकारी तथा मानव अधिकारकर्मी बालदेव साहले बज्जिका साहित्य संगम रौतहटलाई पचास हजार रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । बज्जिका साहित्य संगमको पचासौँ साहित्य गोष्ठीमा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै साहले बज्जिका साहित्य संगमको अक्षयकोषमा आफ्नो निजी रकम पचास हजार रुपैया सहयोग गर्ने घोषणा गरेका हुन् । कोषको परिचालन बज्जिका साहित्य संगमले आफ्नो निर्णयअनुसार नै गर्ने गरी आफूले अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।

बज्जिका भाषा र साहित्यको विकासको लागि आफ्नो प्रयासले केही सहयोग हुनेमा आफू विश्वस्त रहेको पूर्व जिशिअ साहको भनाइ छ ।

बज्जिका साहित्य संगमको स्थापना कालदेखि हालसम्मको इतिहासमा अक्षयकोषको लागि संगमलाई प्राप्त भएको पहिलो रकम भएको अध्यक्ष किशुनदयाल श्रीकृष्णले जानकारी गराएका छन् । संस्थाको तर्फबाट अध्यक्ष श्रीकृष्णले अक्षयकोषका लागि रकम प्रदान गर्ने घोषणा गरेका साहप्रति आभार पनि प्रकट गरेका छन् ।

यसअघि जिल्लाका चर्चित समाजसेवी धर्मनाथ प्रसाद जयसवालले तुलसी साहित्य पुरस्कारका लागि अक्षयकोषमा डेढ लाख रुपैया रुपैया जम्मा गरिसकेका छन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष एक सर्जकलाई पाँच हजार रुपैयाको तुलसी साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ । गत शुक्रवार एक समारोहबिच २०७७ सालको तुलसी साहित्य पुरस्कार अमेरिकामा रहेका बज्जिका सर्जक विश्वराज अधिकारीलाई प्रदान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =